24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

हुप्सेकोट प्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण

- Advertisement -Flowers in Chania

हुप्सेकोट,२ साउन ,
पछिल्लो समय प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । शिक्षा हासिल गरेपछि सहज रुपमा रोजगार पाइने तथा जीवनोपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको हो ।

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा हुप्सेकोट गाउँपालिका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको साझेदारीमा सञ्चालित हुप्सेकोट प्राविधिक शिक्षालयमा प्राविधिक शिक्षा लिनका लागि देशका विभिन्न ठाउँबाट विद्यार्थी आउने गरेका छन् । छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको छ ।

हुप्सेकोट गाउँपालिकाको प्रत्यक्ष लगानिमा वि.सं.२०७७ सालमा स्थापना भएको हुप्सेकोट प्राविधिक शिक्षालयमा बाली विज्ञान(डिप्लोमा इन एग्रिकलचर) र पशु विज्ञान(डिप्लोमा इन एनिमल साइन्स)का तीन वर्षे कक्षाहरु सञ्चालन हुदै आएको शिक्षालयका प्रमुख लालचन्द्र लामिछानेले बताउनु भयो ।
बार्षिक शुल्क मात्र २५ हजारमा पढाइ हुने हुदा हुप्सेकोट प्राविधिक शिक्षालयमा देशमा विभिन्न जिल्लाबाट शिक्षा लिन विद्यार्थीहरु आउने गरेको प्रमुख लामिछानेले बताउनु भयो । उहाँले भन्नु भयो, ‘यहाँ देशका विभिन्न जिल्लाबाट शिक्षा लिन विद्यार्थी आउने गरेका छन् । विद्यार्थीहरूको आकर्षण बढी भएकाले हामीले भर्ना अघि प्रवेश परीक्षा गरेर विद्यार्थीहरूलाई छनोट गर्दै आएका छौँ, स्थानीय विद्यार्थीहरुका लागि हामीले विशेष व्यवस्था गरेका छौँ, यसबाट पनि विद्यार्थीलाई केही सहज भएको छ ।’

शिक्षालयको स्थापनाको छोटो समयमानै सुविधासम्पन्न होस्टल सहितको २४ कोठाको भवन निर्माण कार्य जारी रहको छ । अहिले एक सय ६५ जना विद्यार्थीहरु अध्ययनरत रहेको प्रमुख लामिछानेले बताउनु भयो । जेहेन्दार एवम् उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्तिको समेत व्यवस्था गरिएकाले रकम अभावका कारण पढन नपाउने अवस्था हटेको उहाँले बताउनु भयो । नेपालकै सस्तो प्राविधिक शिक्षा दिने शिक्षालयको रुपमा हुप्सेकोट प्राविधिक शिक्षालय रहेको विद्यालयको दावि छ । प्रयोगात्मक अभ्यासका लागि शिक्षालयको आफ्नै कृषि फार्म र गुणस्तरीय ल्यावको पनि व्यवस्था रहेको जनाइएको छ ।

हुप्सेकोट गाउँपालिका भित्रका मात्र नभएर अन्य जिल्लाका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा सहित दक्ष नागरिक बनाउन गाउँपालिकाकै लगानिमा प्राविधिक शिक्षालय सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो । “ग्रामिण क्षेत्रका विद्यार्थीलाई प्राविधिक शिक्षा लिन शुल्कका कारण गारो भएको थियो, धेरै अभिभावकले आफूले खाइनखाई छोराछोरीलाई महंगो शुल्क सहितको प्राविधिक शिक्षा दिन वाध्य हुनुभएको थियो, त्यसैलाई मध्यनगर गरि हुप्सेकोट गाउँपालिकाले वार्षिक बजेट व्यवस्था गरि शिक्षालय सञ्चालन गरिरहेका छौ”गाउँपालिका अध्यक्ष पाण्डेले भन्नु भयो ।
हुप्सेकोट गाउँपालिकाको सामुदायिक विद्यालयमा पढ्दै सिक्दै अभियान समेत सुरु गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनु भयो । स्वदेशमै उद्यम गर्न प्रेरित गर्न विद्यालयमा उक्त योजना सुरु गरिएको उहाँको भनाइ छ ।

प्राविधिक शिक्षालयलाई गाउँपालिकाले विशेष महत्वका साथ हेर्ने गरेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेले बताउनु भयो । ‘यो शिक्षालय स्थापना हुँदा विद्यार्थीमा प्राविधिक शिक्षाप्रति कम मात्र रुचि देखिन्थ्यो, तर अहिले विद्यार्थीहरूमा मोह बढेको छ, शिक्षालाई थप गुणस्तरीय बनाउन प्रविधिमा पनि जोड दिएका छौँ’ प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भन्नु भयो ।

यहिँ साउन १२ गते सम्म भर्ना फारम भर्न सकिने व्यवस्था गरिएको हुप्सेकोट गाउँपालिकाका शिक्षा अधिकृत माधवराज गौतमले बताउनु भयो ।
‘गाउँपालिकाले पनि प्राविधिक शिक्षालाई विशेष जोड दिएको छ, त्यही अनुसार प्राविधिक शिक्षालयमा अहिले दुई वटा विषयमा अध्यापन गरिएको छ, विद्यार्थीहरूमा आकर्षण बढी छ’शिक्षा अधिकृत गौतमले भन्नु भयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्