8.1 C
Kathmandu
Flowers in Chania

लागु औषध सहित चितवनका एक युवा नवलपुरमा पक्राउ

- Advertisement -

कावासोती ।

नवलपुरमा प्रहरीले एक युवालाई लागु औषध सहित पक्राउ गरेको छ । जिल्लाको कावासोती नगरपालिका १६ चालिस किलो भन्ने स्थानबाट प्रहरीले चितवन भरतपुर महानगरपालिका २१ घर भएका २५ वर्षीय शिवजी विकलाई लागु औषध सहित पक्राउ गरेको हो । ना ७ ख ५२७८ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्ररही कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक बेदबहादुर पौडेलले बताउनुभयो ।

शनिबार साँझ पक्राउ परेका उनको साथबाट प्रहरीले नुर्फिन , फेनारागन , डाईजापाम गरि ३ सय २७ एम्पुल लागु औषध बरामद गरेको छ ।
पक्राउ परेका विकलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरी नायव उपरिक्षक पौडेलले बताउनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्