24.1 C
Kathmandu
Wednesday, May 29, 2024
Flowers in Chania

नवलपरासीको डण्डा, देउराली र बर्दघाटमा भारी वर्षा

- Advertisement -Flowers in Chania

कावासाेती ।

नवलपरासीको डण्डा, देउराली नवलपुर बर्दघाट आसपासमा भारी वर्षा भएको छ । वर्षा अझै नरोकिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो तीन घण्टामा डण्डा, देउराली नवलपुर बर्दघाट र आसपासमा भारी वर्षा भएको आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । उक्त स्थान भएर बहने साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको हो ।

महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै कमजोर, भिरालो जमिनमा पहिरोको जोखिम रहने हुँदा यात्रा गर्दा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्