8.1 C
Kathmandu
Flowers in Chania

कावासोतीमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै

- Advertisement -

कावासोती ।

नवलपुरको कावासोतीमा कोरा साइक्लिङ च्यालेन्ज हुने भएको छ । कावासोती साइक्लिङ ग्रुपको आयोजनामा यही असार ३० गतेका दिन कोरा साइक्लिङ च्यालेन्ज आयोजना गरिएको ग्रुपका अध्यक्ष अजय श्रेष्ठ –ज्योती)ले बताउनुभयो ।
कावासोती साइक्लिङ ग्रुपले आज कावासोतीमा पत्रकार सम्मेलन गरि असार ३० गतेका दिन कोरा साइक्लिङ च्यालेन्ज गर्न लागेको जानकारी गराएको छ । असार ३० गते बिहान कावासोती स्थित नर्मदेश्वर शिवालय मन्दिर परिसरबाट कार्यक्रम सुरु हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
५० किलोमिटरको यात्रा रहने कोरा साइक्लिङ च्यालेन्जमा सहभागीहरूले जिल्लाका तीनवटा स्थानीय तहलाई छुनेछन् ।

कावासोती हुँदै देवचुली छुँदै मध्यविन्दुका विभिन्न स्थान परिक्रमा गरि पुन ः कावासोती शिवालय मन्दिर परिसरमा आएर कार्यक्रम समापन हुने छ । स्वास्थ्यका लागि साईक्लिङ्गको महत्व बुझाउन,  धार्मिक स्थलहरूको प्रचार र यहाँका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्न  कोरा साइक्लिङ च्यालेन्जगर्न लागिएको आयोजकले बताएको छ । उक्त कार्यक्रममा करिब १०० जना सम्म सहभागि हुन सक्ने आयोजकले बताएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्