24.1 C
Kathmandu
Friday, December 8, 2023
Flowers in Chania

यात्रु झुक्याउने सवारीमा नवलपुर ट्राफिकको छड्के अनुगमन , २१ सवारीलाई कारवार्ही

- Advertisement -Flowers in Chania

कावासोती ।

पूर्व–पश्चिम राजमार्गको नारायणगढ– डण्डा सडक खण्ड अन्र्तगत चल्ने बसहरुमा नवलपुर प्रहरीले छड्के अनुगमन सुरु गरेको छ ।

नारायणगढ–डण्डा चल्ने यात्रुबाहक सवारी साधनहरुले सवारी नियम उल्लंघन गरी निर्धारित भाडादर टाँस नगरेको, यात्रुलाई मर्यादित ब्यबहार नगरेको, सम्बन्धित रुट बाहेक अन्य गन्तव्यको समेत बोर्ड राखि यात्रुहरु लाई झुक्याउने गरेको गुनासो बढेपछि छड्के अनुगमन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको प्रमुख गण्डेश पौडेलले बताए ।

उनले भने–हाम्रो नियमित चेकजाँच त जिल्लाको सबै बजार र ग्रामिण क्षेत्रमा नियमित भईरहेको छ । अहिले हामीले यात्रु झुक्याउने सवारीहरुलाई छड्के अनुगमन समेत गर्न थालेका छौ । आइतबार मात्रै चेकजाँचको क्रममा २१ वटा यात्रुबाहक सवारी साधनहरुलाई कारवार्ही गरेको ट्राफिक प्रमुख पौडेलले बताए । यो अभियान नियमित चल्ने उनले बताएका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्