इलाका प्रहरी कार्यालय सेमरीले लागुऔषध कारोबारीलाई धमाधम नियन्त्रणमा लिएको छ । केही समय अगाडी ठुलो मात्रामा लागु औषध सहित कारोबारमा सम्लग्न ब्यक्ति पक्राउ गरेको प्रहरीले विहिबार फेरी लागु औषध सहित कारोबारमा सम्लग्न तीन जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सेमरीमा प्रहरी नायव निरिक्षक मदन बस्यालले कमाण्ड समालेपछि लागु औषध कारोबारी धमामध पक्राउ परेका छन् । यसले गर्दा यस क्षेत्रमा लागु औषध कारोबार न्युन भएको र तस्करी अन्यन्त्र जान बाध्य भएको स्थानीयले बताए । विहिबार एकै पटक तीन जना कारोबारीलाई नियन्त्रणमा लिएपछि प्रहरीको निकै प्रशंसा भएको छ । विहिबार सेमरीबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ । प्रतापपुर गाउंपालिका १ बाहुनगढीमा भारतीय नम्बरको युपी ५३ बीडी ५०९० नम्बरको मोटरसाईल चेकजाचं गर्दा लागु औषध सहित दुई जना युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा प्रतापपुर गाउंपालिका २ सेमरीका २७ वर्षीय आकास धरिकार , र ३५ वर्षीय किशोर केवट पक्राउ परेका हुन् । पक्राउ परेकाहरुबाट ४ सय ७५ ट्याब्लेट प्रोसिक्सो स्पास र टोरसेरेक्स १० बोतल बरामद गरेको छ ।
पक्राउ परेका युवासंग सोधपुछ गर्दा प्रतापपुर १ बस्ने कमला खाडं ठकुरीका लागि भारत बाट लागुऔषध ल्याएको बताएपछि खाडंको घरमा खानतलासी गरेको थियो । खाडलाई पक्राउ गरेर घर खानतलासी गर्दा प्रोसिक्सो स्पास ८९ क्याप्सुल , नित्रा भेट ३७८ ट्याब्लेट ओनेरेक्स १ बोतल र टोरसेरेक्स १ बोतल बरामद गरेको थियो । पक्राउ परेका तीनै जनालाई लागुऔषध ओसार पसार सम्बन्धि कसुरमा थप अनुसन्धान भैरहेको छ ।
- Advertisement -

- Advertisement -

- Advertisement -
