24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

मुग्लिन-नारायणगढ सडकः पहिरो पन्छाउन अझै केही समय लाग्ने

- Advertisement -Flowers in Chania

कावासाेती ,असार १७-

चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै केही समय लाग्ने भएको छ । सडक डिभिजन भरतपुरका अनुसार गए राति करिब १२ बजे ढुंगासहित खसेको पहिरोको कारण सडक अवरुद्ध छ । आज बिहानैदेखि पहिरो हटाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोला नजिक पहिरो खसेको हो । बिहानैदेखि पहिरो हटाउने कार्य भइरहे पनि सडक खुलाउन समय लाग्ने प्रहरी निरीक्षक तामाङले बताए । आज बेलुकासम्म दुईतर्फी नै सडक सञ्चालनमा आउन सक्ने उनको भनाइ छ । “बिहानैदेखि पहिरो हटाउने कार्य भइरहेको छ । झर्ने क्रम पनि छ । समय लाग्छ । मेसिनले हटाउने हो,” उनले भने, “बेलुकासम्म खुल्छ भन्ने अपेक्षा गरेका छौँ ।”

गएको बिहीबारयता उक्त क्षेत्रमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने र खुलाउने कार्य भइरहेको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन र यात्रु बीचबाटोमा रोकिएका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्