18.1 C
Kathmandu
Flowers in Chania

असार १५ सम्म ९ प्रतिशत मात्रै रोपाई

- Advertisement -Flowers in Chania

कावासाेती

लामो समय खडेरी परेपछि असार लागेपछि जिल्लाका अधिकांश किसानले बीउं राखे । खडेरीकै बीचमा राखेको बीउ राम्ररी उम्रीएन् । जसको कारण पूर्वी नवलपुरका किसानले असारको दोस्रो हप्ता जादा समेत रोपाई गर्न पाएका छैनन् ।
कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल प्रसाद लामिछानेका अनुसार जिल्लामा विहीबारसम्म ९ प्रतिशत मात्रै रोपाई भएको छ। ‘खडेरी ले गर्दा किसानले समयमा वीउ राख्न पाएनन् जूस्को कारण पानि पर्दा समेत किसानले धान रोप्न पाएका छैनन् ।’ उनले भने ‘यो समयसम्म अघिल्लो वर्ष ५० प्रतिशत रोपाई भैसकेको थियो ।’ पूर्वी नवलपरासीको जस्तै पश्चिम नवलपरासीका किसानको समस्या उस्तै छ ।
अहिले आकासे पानी पर्न थाल्यो तर, बीउं रोपाईका लागि तयार नभएको रामग्राम १८ का दिपनारायण कहांरले बताए । ‘बीउ राख्ने समयमा खडेरी पर्याे, भुमिगत सिचाईबाट जसोतसो राखीएको बीउं पनि राम्रोसंग उम्रीएन्।’ कहांरले भने, ‘अब पानी पर्न थाल्यो, बीउ तयार नभएपनि रोपाई त गर्नु नै पर्याे, आकासे पानीको भर पर्नुपर्ने बाध्यता हुंदा समस्या भयो ।’ कहांरको मात्र होईन जिल्लाका अधिकांश किसानको समस्या उस्तै छ ।
पश्चिम नवलपरासीमा यस वर्ष असारको दोस्रो हप्तामा हुंदा जम्मा २५ प्रतिसत मात्र रोपाई भएको छ । धानको बीउ राख्ने समयमा खडेरी पर्नु र रोपाईका लागि पर्याप्त पानी नपर्दा किसानले समयमा नै धान रोप्न नपाएका हुन् ।
अघिल्लो वर्ष असार १५ सम्ममा ६० प्रतिशत भन्दा बढी रोपाई सम्पन्न भएकोमा यस वर्ष खडेरीले गर्दा रोपाई ढिलो भएको कृषि ज्ञान केन्द्र नवलपरासीका सुचना अधिकारी समिर सिंह बरई मगरले बताए ।‘
जेठ महिनाको लामो खडेरीले मकै खेतमा नै सुक्यो, धानको बीउं पनि राख्न पाएनन्।’ उनले भने, ‘असार १५ गतेसम्म जिल्लामा ६० प्रतिशत भन्दा बढी रोपाई हुनुपर्ने हो ।
यस वर्ष आकासे पानी नपर्ने र भुमिगत सिचाईको बोरीङ्गमा पनि पर्याप्त पानी नआउदा समस्या बढेको छ।’ बीउ राख्ने समयमा खडेरी परेकाले रोपाईका लागि अधिकांस बीउं तयारी नभएको र भुमिगत सिंचाई पर्याप्त नहुंदा समस्या परेको किसानको गुनासो छ ।
पश्चिम नवलपरासीमा २९ हजार ९ सय ७५ हेक्टरमा धान खेती हुने गरेको छ । रोपाई ढिलो भएपछि धान उत्पादनमा कमी आउने आकलन कृषी ज्ञान केन्द्रले गरेको छ । भुमिगत सिंचाईले रोपाई गरेका केही किसानलाई पनि आकासे पानी पर्याप्त नपर्दा समस्या भएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्