8.1 C
Kathmandu
Flowers in Chania

मैले नेतृत्व लिँदै गर्दा जनता र सरकारप्रति जुन निराशा थियो, अहिले सुधार भएको छ: प्रचण्ड

- Advertisement -

काठमाडौं,असार १३- 

प्रधानमन्त्ररी पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थाप्रति जनतामा जगाएको भरोसा आफ्नो सरकारको सबभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेपछि जनताको निराशा कम भएको बताए ।

‘मैले सरकारको सबभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई मानेको छु’, उनले भने, ‘मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, अहिले त्यसमा सुधार भएको छ ।’

हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको र यसले जनतामा विश्वास जाग्न सुरु भएको उनले बताए । प्रचण्डले अघि भने, ‘नक्कली भुटानी शरर्णाी प्रकरणबाट सरकारले कानुनको सर्वोच्चता मात्र स्थापित गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ ।’

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्