8.1 C
Kathmandu
Flowers in Chania

नागरिकता पाएपछि अविर जात्रा

- Advertisement -

परासी

पश्चिम नवलपरासीको सरावल गाउंपालिका १ की २३ वर्षीय पुनम कुमारी हरिजनले सोमबार नागरिकता पाउदां उनको खुसीको सिमा थिएन् । लामो समय देखि नागरिकता विहिन भएर बस्नुपर्दाको पीडा नागरिकता प्राप्त गरेपछि खुसीको आशुंमा परिणत भयो । उनीसंगै नागरिकता प्राप्त गरेकाहरु यसलाई जिवनको सबै भन्दा ठुलो सफलता र खुसी मान्दै अविर जात्रा गर्न लागे । जिल्ला प्रशासन कार्यालयको परिसर एकाएक अविर जात्रामा परिणत भयो । नागरिकता पाउने सन्तती र उनका अभिभावक एक आपसमा अविर जात्रा गर्न थाले । नागरिकता सम्बन्धि नयां विधेएक अनुसार लामो समय देखि नागरिकताको पखाईमा रहेका युवायुवती र उनका अभिभावक निकै खुसी थिए । ‘ हामीलाई राज्यले वर्षौ देखि अनागरिक बनाएर अन्याय गरेको थियो । यही देशका नागरिकता सन्तान हामी , यही अध्ययन गर्यौ , हुर्कीयौ तर राज्यले विभेद गरीरहेको थियो ।’हरिजनले भनिन्,‘अध्ययन पुरा गरेर पनि रोजगारी र अवसरबाट बञ्चित हुनुको पीडा हामीलाई मात्र थाहा छ । अब नागरिकता पाएपछि बल्ल यो देशको नागरिक बनियो । आज सारै खुसी छौ ।’

जिल्लाको सुनवल नगरपालिका १ का २० वर्षीय धनराज कानुले प्लस टु पास गरेर विदेश जाने सोचमा थिए । तर , नागरिकता नहुदा उनी नत् अध्ययनको लागि बाहीर जान सके नत् स्वदेशमा नै रोजगारी । अनागरिक भएर बस्नु परेको पीडाले सधै छटपटाउने उनलाई नेपालको राजनितिक दल र सम्रग प्रणाली प्रति नै वितृष्णा आएको थियो । तर , अहिले नागरिकता पाएपछि उनले देखेको सपना पुरा गर्न सक्छु भन्ने लागेको छ । ‘ परिवारले दुःख गरेर पढाउनु भयो , हुर्काउनु भयो , तर कमाउने समयमा सन्तान अनागरिक भएर बस्नु परेको अवस्था थियो ।’कानुले भने,‘यो नागरिकता प्राप्त गरेपछि मेरो जिवनको ५० प्रतिसत खुसी र सफलता हात परेको छ । अव राम्ररी थप अध्ययन गरेर आफ्नो करिअर बनाउन लाग्ने छु । धन्यवाद नोपल सरकारलाई ढिलै भएपनि हाम्रो माग सम्बोधन गरेकोमा । ’

जिल्लामा जन्मका आधारमा नागरिकता पाएका ८ हजार भन्दा बढी नागरिक छन् । नयां विधेयक र गृह मन्त्रालयको परिपत्र अनुसार नागरिकता वितरण भैरहेको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए । उनका अनुसार अनलाईन मार्फत टोकन प्रणाली लागु गरेर नागरिकता वितरण भैरहेको छ । आईतबार र मंगलवार सम्म २ सय वटा नागरिकता वितरण भएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्