24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

देवचुली नगरपालिकाले गैंडाकोटसँगको सहकार्यमा दमकल खरिद गर्ने

- Advertisement -Flowers in Chania

देवचुली

देवचुली नगरपालिकाले दमकल खरिदका लागि बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०८०र०८१ को वार्षिक बजेट प्रस्तुत गर्दै देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले दमकल खरिदका लागि बजेट विनियोजन गरेको बताउनुभएको हो ।

गैंडाकोट नगरपालिकाको ७०प्रतिशत र देवचुली नगरपालिकाको ३०प्रतिशत सहकार्यमा दमकल खरिद गर्न लागिएको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । दमकल खरिद गरि सशस्त्र प्रहरी क्याम्प भेडाबारीमा राख्ने र त्यहाँबाट नै परिचालन गर्ने गरि योजना गरिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।उहाँका अनुसार नगरमा दमकल हुँदा आगलागी जस्ता घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सहज हुने र जोखिम कम हुनेछ ।

देवचुली नगरपालिकाले दमकल खरिद गर्नका लागि ३० लाख बजेट व्यवस्था गरेको छ भने गैंडाकोट नगरपालिकाले दमकल खरिद तथा व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन गरेको छ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्