24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

अनेरास्ववीयूकाे मागमा प्याब्सन तथा एन प्याब्सनसँग ६ बुँदे सम्झौता

- Advertisement -Flowers in Chania

नवलपुर –

अनेरास्ववीयू जिल्ला कमिटि नवलपुरले माग गरेका शैक्षिक सुधारका ६ बुँदे माग शैक्षिक सत्र २०८१ बाट लागू हुनेगरी सम्बोधन भएको छ । आइतबार पत्रकार सम्मेलन मार्फत शैक्षिक सुधारका लागि प्याब्सन तथा एन्प्याब्सन जिल्ला कार्य समिति नवलपुर समक्ष अनेरास्ववीयूले विभिन्न बुदामा माग गरेका थिए । उक्त मागलाई प्याब्सन तथा एन्प्याब्सन जिल्ला कार्य समितिले विद्यालयस्तरमा शैक्षिक सुधारका लागि हातेमालो गर्दै उक्त मागहरु सम्बोधन गरेको बताएको छ ।

अनेरास्ववीयू जिल्ला कमिटि नवलपुरले मासिक पढाइ शुल्क , भर्ना शुल्क , वार्षिक शुल्कमा दुइ महिनाको स्विकृति मासिक शुल्क बराबर रकम , परीक्षा शुल्क प्रत्येक कक्षाका लागि स्विकृत मासिक पढाई शुल्कको ५० प्रतिशत मा नबढाइकन वार्षिक किस्तामा लिनुपर्नेछ ।

यस्तैगरी शैक्षिक सामाग्री वापत मासिक शुल्कको १० प्रतिशत मा वर्षमा एक पटक , प्रतयेक विद्यालय का साथै विभिन्न समूहले जिल्ला समन्वय तथा स्थानिय निकायको अनुमति लिएर मात्र पाठ्यपुस्तक परिवर्तन गर्ने एवम् थपघट गर्ने साथै पाठ्यक्रम परिवर्तन नभएको खण्डमा पाठ्यपुस्तक कम्तीमा तिन वर्ष सम्म परिवर्तन गर्न नपाइने लगायतका ६ बुँदे माग शैक्षिक सत्र २०८१ बट लागू हुनेगरी सम्बोधन भएको हो ।

सम्झौता पत्रमा अनेरास्ववीयू नवलपुरका अध्यक्ष विष्णु पौडेल , एन् प्याब्सन नवलपुरका अध्यक्ष रमेश अधिकारी र प्याब्सन नवलपुरका अध्यक्ष दिपक रावतको हस्ताक्षर रहेका छन् ।असार ११, २०८०

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्