25.1 C
Kathmandu
Flowers in Chania

हुप्सेकाेटमा प्राबिधिक शिक्षा र गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकता

- Advertisement -Flowers in Chania

कावासाेती, ‘सुन्दर सुखी र उद्यमी हुप्सेकोट’ को नारा सहित हुप्सेकोट गाउंपालिकाले गाउंसभाको तेस्रो अधिबेसन सुरु गरेको छ ।
हुप्सेकोट गाउंपालिकाको आगामी आ ब २०८०/८१ को नीति तथा कार्यक्रम तर्जुमा गर्दा मुख्य १० विषयलाई प्राथमिकता मा राखेर नीति तथा कार्यक्रम ल्यायको अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी गराईएकी छन् ।

पालिकले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्राबिधिक शिक्षा र गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकता राखेको छ । त्यसै गरि गुणस्तरीय स्वास्थ्य शिक्षा, स्थानिय कृषि उत्पादन, सिपमुलक तालिम, पर्यटन प्रबद्धन, संस्थागत सुशासन, दिगो बिकास र फोहिरमैला ब्यबस्थापन लगायतका विषयमा हुप्सेकोट गाउंपालिकाले नीति तथा कार्यक्रममा जोड दिएको अध्यक्ष पाण्डेले जानकारी गराएकी छन् ।
कक्षा १ देखि ८ सम्म निःशुल्क शिक्षालाई निरन्तरता दिदै क्रमश ९-१२ लाई समेत निःशुल्क गर्दै लैजाने नीति तथा कार्यक्रममा बताईयको छ । सिमित स्रोत साधनको बीचमा ल्याईएको नीति तथा कार्यक्रम कार्यनयनमा समस्या आउन नदिने अध्यक्ष पाण्डेले सन्चारकर्मीलाई जानकारी गराईकी छन्। गाउंपालिकाको केन्द्रिय अध्यक्ष समेत रहेकी पाण्डेको नीति तथा कार्यक्रम र बजेटको सबैको चासो रहेको देखिन्छ । २०८०/८१ को बजेट सानो होला तर आफू कार्यनयन र प्रभाबकारी हुनेमा ढुक्क रहेकी छन् । पर्यटनको प्रचुर सम्भावना रहेको हुप्सेकोट गाउंपालिकालाई केन्द्रदेखि प्रदेशसम्मको ध्यान दिन सके बिकास र आम्दानी बढाउन सकिने पालिकाको नीति तथा कार्यक्रम रहेको छ । कृषि मा आत्मनिर्भर गराउनको लागि नीति तथा कार्यक्रममा कृषकमुखी कार्यक्रम समावेश गरिएको छ । पालिकाको मुख्य आम्दानीको स्रोत खोलानाला रहेकोले त्यसलाई ठेक्का प्रकृया अगाडि बढाउन सके बिकास निर्माणमा सहयोग पुग्ने पान्डेले नीति तथा कार्यक्रममा बताईकी छन ।
आज गाउंपालिकाले बजेट सार्बजनिक गर्ने कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रममा पालिका उपाध्यक्ष पुर्ण सिह थापा, प्रमुख प्रसासकिय अधिकृत टक घिमिरे, वडा अध्यक्ष वडा सदस्य लगायत सञ्चारकर्मीको उपस्थित रहेको थियो ।असार १०, २०८०

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्