कावासोती – नवलपरासी पूर्व नवलपुरको कावासोती नगरपालिकाको १३ औँ नगरसभा सम्पन्न भएको छ ।बिहीबार कावासोती नगरपालिकाको सभाहलमा नगर प्रमुख विष्णुप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न नगरसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, आर्थिक विद्येयक र आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरण सर्वसम्मत रुपमा पास भएको छ ।
नगर सभा बैठकमा नगर प्रमुख विष्णुप्रसाद भुसालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास ,आर्थिक विकासलाई प्राथमिकता दिएको सो क्रममा नगर प्रमुख भुसालले बताउनुभयो ।
सभाका उपाध्यक्ष थनेतले आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरण सहित विनियोजन विद्येयक समेत प्रस्तुत गर्नुभएको थियो । उहाँले सर्शत अनुदान बाहेक ६३ करोड २७ लाख ६१ हजार ७६६ रुपैँया बराबरको अनुमानित आय व्यय प्रस्तुत गर्नुभएको थियो । जस मध्य संघीय वित्तिय समानीकरण अनुदान १६ करोड ६५ लाख, संघीय राजस्व बाँडफाँड १२ करोड ६७ लाख ८६ हजार , प्रदेश वित्तिय समानीकरण अनुदान २ करोड ३६ लाख ६४ हजार , प्रदेश अनुमानित सवारी साधन कर २ करोड ३० लाख , आन्तरिक आम्दानी ९ करोड ९० लाख १५ हजार, मालपोत रजिष्ट्रेसन ८ करोड, नदीजन्य पदार्थ ९ करोड, विज्ञापन कर ५ लाख अन्य संस्थागत आन्तरिक अनुदान १ करोड र अन्य स्रोतबाट प्राप्त रोयल्टी २ करोड ३२ लाख ९६ हजार ७६६ गरि कुल ६३ करोड २७ लाख ६१ हजार ७६६ आम्दानी हुने प्रक्षेपण गरिएको छ । २ करोड ४० लाख , मर्मतसम्भार कोष तर्फ २ करोड, विपद् व्यवस्थापन कोष तर्फ १ करोड ५० लाख ,समपूरक कोष तर्फ ३ करोड विनियोजन गरिएको छ ।
वडा स्तरीय कार्यक्रमका लागि १३ करोड ७५ लाख ,विषयगत क्षेत्रका कार्यक्रम तर्फ १८ करोड ४५ लाख र न्यायिक समिति तर्फ २० लाख विनियोजन गरिएको छ ।
सशर्त अनुदानका रुपमा आउने रकम बाहेकको रकमलाई बाँडफाँड गरि नगरसभाबाट पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले बताउनुभयो ।