25.1 C
Kathmandu
Flowers in Chania

देवचुली नीति तथा कार्यक्रम : बालबालिकामा अतिरिक्त सिकाइ विकास गर्न “झाेला बिहिन शुक्रबार ”

- Advertisement -Flowers in Chania

देवचुली ।

नवलपुरकाे देवचुली नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभाबाट पारित गरेको छ। आज बसेकाे नगरसभामा पारित नीति तथा कार्यक्रममा प्रविधि मैत्री शिक्षालाई जाेड दिएको छ।

बालबालिकाकाे अतिरिक्त सिकाईका लागि “झाेला बिहिन शुक्रबार ” बनाउने नीति समेत नगरपालिकाले लिएको छ।
नगर प्रमुख हरिप्रसाद न्याैपानेले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा “प्रविधिमैत्री शिक्षा आजको आवश्यकता” कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन आवश्यक बजेटको व्यवस्था गरि आधारभूत तहलाई पूर्ण प्रविधिमैत्री बनाइने,

बालविकास केन्द्रमा बालबालिकामैत्री सिकाई सामग्री र बालबालिकाको बसाइलाई व्यवस्थित गराउने ,विद्यार्थी संख्या र भूगोल समेतका आधारमा विद्यालयको समायोजन र शिक्षक दरबन्दी मिलानलाई जोड दिँदै सिकाई क्रियाकलापको गुणस्तर बृद्धिका लागि अभिभावक शिक्षक व्यवहारिक शिक्षा कार्यक्रम सञ्चालन गरिने, “शिक्षासंगै इलम र जिम्मेवारी भन्ने भनाइको सारलाई आत्मसात् गरि सिकाइलाई जिवनपयोगी बनाउन कृ पेको आधारभूत ज्ञान, सरसफाई र फोहरमैला व्यवस्थापन, स्थानीय संस्कृति एवम् ऐतिहासिक महत्वका स्थलहरुको जानकारी र स्थानीय उत्पादनबारे गर्न सकिने खोजका विषयहरु र हितको स्थानीय पाठ्यक्रम तयार गरि लागू गरिने,विद्यालय अनुगमन, अवलोकन र नियमित निरिक्षणका आधारमा गरिने मूल्याङ्कन पद्दतिलाई निरन्तरता देइनेछ , विद्यालय सुधार योजना निर्माण र कार्यान्वयनमा जोड दिइने विद्यालयको शिक्षण सिकाई, अन्य व्यवस्थापन सुधार लगायत समग्र शैक्षिक गुणस्तर सुधारका निम्ति सान्दायिक विद्यालयहरुमा प्रतिष्पर्धाका माध्यमबाट प्रधानअध्यापक छनौट गर्ने नीति लिइने ।

सबै प्रमुख प्रशासयिक अधिकृत र विद्यालयका प्रधानअध्यापक बीच कार्यसम्पादन करार गरिने उल्लेख गरिएको छ। यसैगरी बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलाप (ECA) तथा जीवन उपयोगी ज्ञान र कलातर्फ आकर्षित हुने गरि विद्यालयहरुलाई क्रमशः “झोलाबिहिन शुक्रबार” बनाउने नीति लिइने , नगर शिक्षा योजनाले तय गरेका नीति अनुरुप वार्षिक कार्य योजना तयार गरि कार्यान्वयन गरिने नीति नगरपालिकाले लिएको छ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्