हुप्सेकोट गाउँपालिकाको गिरुवारिमा जेष्ठ नागरिककालागि दिवासेवा केन्द्र भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । ज्येष्ठ नागरिक संरक्षण तथा ज्ञान सिप हस्तान्तरण कार्यक्रम अन्र्तगत सो कार्यालय भवन निर्माण गरि हस्तान्तरण गरिएको हो । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा करिव ६ लाखमा निर्मित भवन बुधबार हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रम जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष सदान्नद जैसीको प्रमुख अतिथ्यता तथा हुप्सेकोट गाउँपालिकाका प्रमुख लक्ष्मी पाण्डेको सभापतित्वमा सम्पन्न भएको हो । अष्ठलक्ष्मी आमा समुह भवन सँगै जेष्ठ नागरिकहरुलाई दिवा सेवा संचालनकालागि आवश्यक बाद्यवादनका सामग्री, कार्यालय सँचालनकालागि दराज, टेवुल, चकटी लगाएतका सामग्री समेत हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष पुर्णसिह राना, हुप्सेकोट गाउँपालिका जेष्ठ नागरिक संघका अध्यक्ष पूर्ण बहादुर सुनार, पालिकाका कर्मचारी, जेष्ठ नागरिक संघका प्रतिनिधिहरु, आमा समुहका अध्यक्ष लक्ष्मी कोइराला, जेष्ठ नागरिकहरु लगाएत करिव ७० जनाको उपस्थिति रहेको थियो ।
- Advertisement -

- Advertisement -

- Advertisement -
