24.1 C
Kathmandu
Friday, December 8, 2023
Flowers in Chania

कावासोतीमा चिस्यान केन्द्र संचालनको अन्तिम तयारी

- Advertisement -Flowers in Chania

नवलपुर ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा चिस्यान केन्द्र संचालनको अन्तिम तयारी गरिएको छ ।  एक हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र संचालनको तयारी गरिएको हो । जिल्लाको कावासोती नगरपालिका –१४, अग्यौलीमा निर्माणको क्रममा रहेको चिस्यान केन्द्र असार महिना भित्रमा संचालन गर्ने गरि काम अघि बढेको  रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडका अध्यक्ष नेत्र थनेतले बताउनुभयो ।

वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका युवाहरूको सक्रियतामा चिस्यान केन्द्र निर्माण हुन लागेको हो । चिस्यान केन्द्रमा ३ सय २५ जना वैदेशिक रोजगारीमा गएर फर्किएका युवाहरु आवद्ध रहेका छन् ।

जर्मन प्रविधिबाट निर्माण गरिने चिस्यान केन्द्र आधुनिक हुनेछ । केन्द्रमा आठवटा च्याम्बर रहनेछन् जहाँ फलफूल, तरकारी र मासु भण्डारण गरिनेछ । किसानले चिस्यानेन्द्रलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् भने भाडामा लिएर आफ्ना सामान राख्न चाहनेहरूका लागि पनि सेवा उपलब्ध हुने अध्यक्ष थनेतले जानकारी दिनुभयो ।

रु. २१ करोडको लागतमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गर्ने लक्ष अनुसार पहिलो चरणमा यो आर्थिक वर्ष भित्रमा एक हजार मेट्रिक टनका दुईवटा च्याम्बर निर्माण हुने अध्यक्ष थनेतले बताउनुभयो ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखराको सहयोगमा हाल रु. १ करोड ९२ लागतमा स्टिल स्ट्रक्चर र प्यानलको काम चलिरहेको अध्यक्ष थनेतले बताउनुभयो । सबै काम सकेर एक हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र संचालन गर्ने गरि काम अघि बढेको उहाँले बताउनुभयो ।

पूर्ण क्षमतामा निर्माण गरि संचालनका लागि भने अझै केहि समय  लाग्ने अध्यक्ष थनेतले बताउनुभयो ।  क्रमश तीन हजार मेट्रिक टन क्षमतामा सञ्चालन गर्ने गरि आपूmहरुले काम गरिरहेको अध्यक्ष थनेतले बताउनुभयो ।  चिस्यान केन्द्रसँगै दुग्ध प्रशोधन केन्द्र समेत निर्माण गरिने उहाँले बताउनुभयो ।

‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वदेशका लागी’ भन्ने नारा  लिएर विदेशबाट फर्किएका नेपालीहरूको पहलमा उक्त चिस्यान केन्द्र निर्माण हुन लागेको हो । वैदेशिक रोजगारमा आर्जेको शिप र ज्ञानलाई आफ्नै माटोमा प्रयोग गरेर  आत्मनिर्भर बन्ने र देशलाई पनि समृद्धिको बाटोमा अगाडि बढाउन सहयोग पुर्याउने उद्देश्यले रिटर्नीहरुको पहलमा चिस्यान केन्द्र निर्माण गर्न लागेको अध्यक्ष थनेतले बताउनुभयो ।

कृषि उपजको वृद्धिका लागि किसानलाई अत्याधुनिक तालिम र बीउबिजन चिस्यान केन्द्रले समेत उपलब्ध गराउने अध्यक्ष थनेतको भनाई छ  । यसले हालको भन्दा बढी उत्पादन हुने र किसानको  लागत खर्च कम भई प्रतिफल वृद्धि हुने उहाँले बताउनुभयो ।

चिस्यान केन्द्र स्थापनापछि कृषि उपजलाई आफ्नै ठाउमा भण्डारण गरेर राख्न सहज हुने कावासोतीका किसान कृष्ण पाठकले   बताउनुभयो ।यसले व्यवसायिक रुपमा लाग्ने किसानले उचित मूल्य पाउने समयमा विक्रि गरि लाभ लिन सक्ने समेत उहाँले बताउनुभयो ।  जिल्लामा उत्पादन हुने आलु , सुन्तला, अमिलो , प्याज लगायतका कृषि उपज भण्डारण गरेर बेमौसममा बिक्री गरि आम्दानीमा वृद्धि गर्न सकिने  चिस्यान केन्द्रका अध्यक्ष थनेतले बताउनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्