8.1 C
Kathmandu
Flowers in Chania

यसरी प्रत्यक्ष हेर्न सकिन्छ नेपाल खेल्ने विश्वकप छनौटका खेलहरु

- Advertisement -

कावासोती ।

नेपाली टोली सम्मिलित आईसीसी पुरुष विश्वकप २०२३ छनाेट प्रतियोगिता नेटटिभी एपमार्फत नि:शुल्क हेर्न सकिने भएको छ । जिम्बावेमा असार ३ देखि हुने प्रतियोगिताका सबै ३४ खेलहरू नेटटिभीले आफ्नो एपसँगै वेबसाइटमा नि:शुल्क प्रसारण गर्ने भएको हो ।

यसका लागि स्टार इन्डिया प्रालिमार्फत मिडिया अधिकार प्राप्त गरेको जोहरा इन्टरनेसनल प्रालिसँग एड प्याड प्रालिले सम्झौता गरेको छ । नेपाली समय अनुसार मध्यान्ह १२:३५ बाट सुरु हुने यी खेलहरू नेटटिभीमा नेपालभित्र मात्र हेर्न सकिने छ ।

असार २४ गतेसम्म हुने प्रतियोगितामा नेपालले आयोजक जिम्बावे, अमेरिका, नेदरल्यान्ड्ससँगै दुई पटकको विश्व विजेता वेस्ट इन्डिजविरुद्ध खेल खेल्ने तालिका छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्