नवराज पौडेल (नवलपुर)
माध्यमिक तह सम्मको शिक्षा निःशुल्क हुनुपर्ने माग सहित पुर्वी नवलपरासीको कावासोतीमा विद्याँर्थीहरु रिले अनसनमा बसेका छन् । नेपाल विद्याँर्थी संघ नवलपुर कावासोतीको अगुवाईमा विद्यार्थीहरु रिले अनसनमा बसेका हुन् । यसअघि नगर प्रमुखलाई ज्ञापन पत्र बुक्राउने , नगरपालिका घेराउ गर्ने जस्ता कार्यक्रम गरेको नेविसंघले माग पुरा गर्न नगरपालिकाले चासो नदिएको भन्दै अनसन सुरु गरेको नेविसंघ नवलपुरका अध्यक्ष हरि सुवेदीले बताए ।
स्थानीय निर्वाचनमा घोषाण पत्रमा माध्यमिक तह निःशुल्क गर्ने भनेर मत मागेको र कार्यान्वयन नगरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । आगामी वर्षको निती तथा कार्यक्रम र बजेटमा नगर भित्रका सरकारी तथा सामुदायिक विद्यालयमा माध्यमिक तह सम्म निःशुल्क शिक्षा हुनुपर्ने र कुनै पनि बहानामा शुल्क लिन नपाउने सुनिश्चितताको माग गर्दै अनसन बसेको नेविसंघ कावासोती नगर इकाईका सभापती कुमार क्षेत्रीले बताए । जिल्लाको आठ वटै स्थानीय तहमा नेविसंघले खबरदारी गर्ने र माध्यमिक तहको शिक्षा निःशुल्क गराउन थप आन्दोलनका कार्यक्रम अगाडी बढाएको छ ।