काठमाडौँ, जेठ १८-
पछिल्लो केही दिनयता बिहाननै देखी चर्को घाम लाग्दा देशभर गर्मी बढेको छ । तर, चर्को घाम लागेपनि तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै गर्मी बढ्न सकने अनुमान गरिएको हो ।
मौसमविद्का अनुसार अझै तीन दिन मौसम यस्तै रहनेछ भने पानी पर्ने छैन् जसको कारण तराई मधेसका धेरैजसो जिल्लामा केही दिन अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुग्ने छ । तातो हावा चल्दा स्वास्थ्यमा प्रतिकुल असर पुर्याउन हुँदा सतर्कता अपनाउन उनीहरुको आग्रह छ।