पुर्वी नवलपरासीको गैडाकोट नगरपालिका ३ स्थित कालिगण्डकी करिडोरमा यात्रु बहाक बस दुर्घटना हुदा ९ जना यात्रु घाईते भएका छन् । उकालो उक्लने क्रममा ब्रेक फेल भएर बा २ ख ७५८३ नम्बरको बस सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सुचना अधिकारी डिएसपी संतोष पाठकले बताए । चितवनबाट पुर्वी नवलपरासीको बौदीकालीमा रहेको घुमाउरीघाट क्षेत्रको भ्रमण गरेर फर्कनेक्रममा दुर्घटनामा परेको हो । २७ जना यात्रु सवार बसमा घाईते भएका ९ जनालाई उपचारका लागि चितवन स्थित नयां मेडीकल कलेज पठाईएको छ । घटना मंगलवार साझं साढे ६ बजे भएपनि दुर्गम क्षेत्र भएकाले उद्धारमा कठीनाई भएको थियो ।स्थानीय बासीन्दा , प्रहरी र शसस्त्र प्रहरीले उद्धारको काम गरीरहेका छन् ।