24.1 C
Kathmandu
Wednesday, May 29, 2024
Flowers in Chania

नारायणी नदीमा डुबेर एक किशोरको मृत्यु

- Advertisement -Flowers in Chania

नारायणी नदीमा डुबेर पुर्वी नवलपरासीको देवचुली नगरपालिका १ केउरेनीमा १५ वर्षका एक किशोरको मृत्यु भएको छ । गर्मी छल्नका लागि नारायणी नदीमा पौडी खेल्न गएका स्थानीय संयोग ढकाल नदीमा डुबेर बेपत्ता भएका थिए । सोमबार बेपत्ता भएका ढकाल मृत अवस्थामा मंगलवार विहान फेला परेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सुचना अधिकारी डिएसपी संतोष पाठकले बताए । मृत अवस्थामा फेला परेका ढकाललाई पोष्ट मार्टमका लागि देवचुली नगर अस्पताल , दुम्कौलीमा राखीएको छ । जिल्लामा गर्मी बढेसंगै नारायणी नदी र खहरे खोलामा पौडी खेल्नका लागि जाने सर्वसाधारणको भिड लाग्ने गरेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्