नवराज पौडेल(नवलपुर)
संविधान अनुसार माध्यमिक तह सम्मको शिक्षा निःशुल्क हुनुपर्ने माग सहित नेपाल विद्यँर्थी संघ नवलपुर आन्दोलित भएको छ । जिल्ला ब्यापी आन्दोलन अन्र्तगत आईतबार कावासोती नगरपालिकाको कार्यालयमा घेराउ सहित प्रदशर्न गरेको हो । आगामी वर्षको निती तथा कार्यक्रम र बजेटमा नगर भित्रका सरकारी तथा सामुदायिक विद्यँलयमा माध्यमिक तह सम्म निःशुल्क शिक्षा हुनुपर्ने र कुनै पनि बहानामा शुल्क लिन नपाउने सुनिश्चितताको माग गर्दै प्रदर्शन गरेको नेविसंघ कावासोती नगर इकाईका सभापती कुमार क्षेत्रीले बताए । यसअघि नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको संघले माग पुरा नभएमा जेठ १७ गते शिक्षा शाखामा तालाबन्दी तथा १८ गते देखि रिले अनसनको सुरु गर्ने चेतावनी दिएको छ । जिल्लाको आठ वटै स्थानीय तहमा नेविसंघले खबरदारी गर्ने र माध्यमिक तहको शिक्षा निःशुल्क गराउन थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने नेविसंघ नवलपुरका अध्यक्ष हरी सुबेदीले बताए ।
- Advertisement -

- Advertisement -

- Advertisement -
