24.1 C
Kathmandu
Monday, December 4, 2023
Flowers in Chania

नेताका सहमतिमा संसदबाट केही कुरा हटेपनि यो देशमा आम जनता, नागरिक समाज छ भन्ने बुझौंः कोइराला

- Advertisement -Flowers in Chania

काठमाडौं, जेठ १४-

सांसदले संसदमा उठाएको शंकास्पद अनियमितताको विषय शीर्ष नेताको सहमतिमा रेकर्डबाट हटाउनु विडम्बनापूर्ण भएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् ।

कोइरालाले सामाजिक सन्जालमा लेखेका छन्, ‘कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनियमिततासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरुप कार्य गर्ने ।’

कोइरालाले सांसदको गरिमामा पनि प्रश्न उठाएका छन् । ‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं । के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो ? ’ उनले लेखेका छन्, ‘संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन् भन्ने कुरा बुझौं ।

शनिबार शीर्ष नेताहरुबीच माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन)ले पशुपतिनाथ मन्दिरमा सुन भनेर तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएपछि संसद सचिवालयले रेकर्डबाट हटाएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्