कावासोती
नेपाल प्रेस युनियन नवलपुर शाखाको एघारौं जिल्ला अधिबेशनबाट नवनिर्वाचित कार्यसमितिले औपचारिकरूपमा पदभार ग्रहण गरेका छन् ।
शनिबार सदरमुकाम कावासोतीमा भएको एक औपचारीक कार्यक्रमकाबीच गण्डकी प्रदेशका कृषि मन्त्री महेन्द्रध्वज जिसीद्वारा नवनिर्वाचित समितिले पदभार ग्रहण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री जिसीले पत्रकार भनेको समाजको आँखा भएको बताउनु भएको छ ।
समाजमा भएका विकृति कुरीति एवम् सत्तामा भएका विकृतिका कुराहरुलाई उजागर गर्दै निष्पक्ष ढङ्गबाट समाचार सम्प्रेषण गर्दै जनतालाई सु–सुचित गराउनमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। यस कारणले गर्दा पनि पत्रकारिता जगतमा पार्टीगतको सुभेच्छुक संगठन भएतापनि समाजलाई अहित गर्ने खालका क्रियाकलाप कुनै पनि राजनीति दलबाट हुन गएमा पत्रकारले निष्पक्ष ढङ्गबाट कलम उठाउनु पर्नेमा उहाँको जोड छ । नेपाल प्रेस युनियन नवलपुर शाखाको एघारौं जिल्ला अधिबेशनले अध्यक्षमा खगराज सापकोटालाई चयनभएका छन् ।
निर्वाचन मार्फत सापकोटा अध्यक्षमा र समावेशी उपाध्यक्षमा मिना कंडेल चयन भएका हुन् । उपाध्यक्षमा सुजन अधिकारी, समावेशी उपाध्यक्षमा मिना कँडेल, सचिवमा कल्पना कुँवर, सहसचिवमा गीता गैरे, कोषाध्यक्षमा अजय पौडेल चयन भएका छन् । सदस्यहरूमा गोविन्द रिमाल, एलिना केसी, नवराज अधिकारी, शुसिल भुसाल, निकेश काफ्ले, नारायण प्रसाद भुर्तेल, नारायण सुवेदी, सन्तोष गौडेल, सञ्जय भट्टराई र दिपा पंगेनी निर्विरोध निर्वाचित हुन् ।
यस्तै शनिबार भएको कार्यक्रमलाई पुराना कार्यसमितिलाई सम्मान पत्र समेत प्रदान गरिएको नवनिर्वाचित अध्यक्ष खगराज सापकोटाले जानकारी गराउनु भएको छ ।