25.1 C
Kathmandu
Flowers in Chania

नक्कली भुटानी शरणार्थी प्रकरण: अभियुक्तहरूको बयान न्यायाधीश न्यौपानेको इजलासमा

- Advertisement -Flowers in Chania

काठमाडौँ, जेठ १२-

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूको बयान न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुने भएको छ । आज काठमाडौं जिल्ला अदालतमा उनीहरूको बयान लिन लागिएको हो ।

यो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध पाँच अभियोगमा अदालतमा मुद्दा दर्ता गरेको छ । तीमध्ये प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । १४ जना फरार छन् । पक्राउ परेका प्रतिवादीहरूको न्यायाधीश न्यौपानेसामु बयान हुनेछ । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसपछि अभियुक्तहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल गरी ठगीलगायत कसुर गरेको अभियोगमा ३० जनाविरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरूविरुद्ध ठगीसहित सरकारी लिखत किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्