24.1 C
Kathmandu
Monday, December 4, 2023
Flowers in Chania

गैंडाको आक्रमणबाट देवचुलीमा १ जना घाइते

- Advertisement -Flowers in Chania

देवचुली ।

देवचुलीमा गैंडाको आक्रमणबाट १ जना पुरुष घाइते भएका छन् ।

घर नजिकै रहेको महाराजा सामुदायिक वनमा देवचुली नगरपालिका वडा न १० का अन्दाजी ५१ वर्षीय कृष्णबहादुर क्षेत्रीलाई बिहान सवा ८ बजेतिर गैंडाले आक्रमण गरेको स्थानीयले बताए । देवचुली १० मा रहेको सिद्धबाबा ग्यास उद्योगको पछाडी रहेको वन क्षेत्रमा क्षेत्रीलाई गैंडालाई आक्रमण गरेको हो। क्षेत्रीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिए।

केही दिन अघि देवचुली १० मा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो। बारम्बार गैंडाको आतंक हुँदा समेत निकुञ्जमा नियन्त्रणको लागि अनुरोध गर्दा चासो नदिएको स्थानीयले बताए

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्