24.1 C
Kathmandu
Monday, April 15, 2024
Flowers in Chania

रवि लामिछाने सांसद बन्न अयोग्य भन्दै सर्वोच्चमा रिट दर्ता, जेठ १७ गते पेसी

- Advertisement -Flowers in Chania

काठमाडौँ, जेठ १०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।

कायम नरहेको नागरिकताको प्रतिलिपि प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै रिट दर्ता भएको हो ।

अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी पुरानै नागरिकताको प्रतिलिपि प्राप्त गरेको भन्दै उक्त रिट दर्ता भएको हो । रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो । वैशाख २८ मा सर्वोच्च प्रशासनले रिटलाई दरपिठ गरेको थियो ।

सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट युवराज पौडेल ’सफल’ले यही जेठ २ मा पुनः दर्ता गराएका थिए । बुधबार रिट दर्ता भएको छ । उक्त रिटमा जेठ १७ गतेलाई पेसी तोकिएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्