कावासाेती
पालिकामा नेवि संघको ज्ञापन पत्र
नेपाल विद्यार्थी संघ कावासोती नगर समितिले विभिन्न माग सहित कावासोती नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष कुमार क्षेत्रीको नेतृत्वमा गएको टोलिले बुझाएको ज्ञापन पत्रमा कक्षा १२ सम्मको शिक्षा सञ्चालन गरेका विद्यालयहरु स्थानीय सरकारको मातहमा रहने हु“दा ती सामुदायिक शैक्षिक संस्थाहरुले विद्यार्थी र अभिभावकहरुबाट विभिन्न शीर्षकमा शुल्क असुल्ने गरेको र यस शैक्षिक वर्षबाट उक्त प्रावधानलाई खारेज गरि माध्यमिक तहसम्मको शिक्षा पूर्ण रुपमा निःशुल्क हुनुपर्ने माग गरिएको छ । त्यस्तै नगरभित्रका सामुदायिक विद्यालयहरुमा अपांग मैत्रि शौचालयहरु नभएको, विद्यालयले अपांग विद्यार्थी भर्ना लिन नमानेको जस्ता समस्याको तत्काल समाधान गर्न समेत माग गरिएको छ ।
विद्यालयभित्रका चमेना गृहहरुको अनुगमन गरि भान्सामा काम गर्नेहरुको हेड नेट र ग्लव्सहरु अनिवार्य गर्न समेत विज्ञप्ती मार्फत माग गरिएको छ । साथै विद्यालयहरुमा सञ्चालित दिवा खाजा कार्यक्रमको गुणस्तर मापन गर्न समेत भनिएको छ ।
विज्ञप्तीमा विद्यार्थीका मागहरु यथोचित सम्बोधन नभएमा नेपाल विद्यार्थी संघ कावासोती नगर समिति नगरपालिका विरुद्ध आन्दोलन गर्न बाध्य हुने समेत बताइएको छ ।