8.1 C
Kathmandu
Flowers in Chania

चितवनको टिकौली जंगलमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दियो, एक जनाको मृत्यु, एक घाइते

- Advertisement -

चितवन, जेठ ७–

पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवनको टिकौली जंगलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज (आइतबार) भरतपुर महानगरपालिका–१२, स्थित टिकौली जंगल ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ भरतपुर–११ का स्कुटर चालक २० वर्षीय सागर तामाङको मृत्यु भएको हो । तामाङको उपचारको क्रममा दिउँसो १२ः३० बजे भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

त्यस्तै स्कुटर पछाडी सवार भरतपुर–११ का २० वर्षीय बिशान्त ढकालको अवस्था गम्भीर रहेको छ । उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विहान ११ः४० बजेको समयमा टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको ना ४ ख ६६७४ नम्बरको ग्यास सिलिण्डर लोड ट्रकले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२प ७६८८ नम्बरको स्कुटरलाई पछाडीबाट ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार ट्रक चालक तनहुँ घुमाउने बस्ने ५० वर्षीय ढकबहादुर गुरुङ नियन्त्रणमा लिईएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्