24.1 C
Kathmandu
Wednesday, May 29, 2024
Flowers in Chania

पपुलिष्टबाट समाज रूपान्तरणसँगै राजनीतिक संकटको समाधान हुँदैन्ः शंकरको रास्वपा लक्षित टिप्पणी

- Advertisement -Flowers in Chania

काठमाडौं, जेठ ४-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिष्टबाट राजनीतिक संकटको समाधान हुन नसक्ने टिप्पणी गरेका छन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्यहीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुने खोजेको टिप्पणी गरे।

उनले फेसबुकमा लेखेका छन्, ‘आज हाम्रो समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख छ । आमरुपमा राज्य, संगठित शक्तिहरू र अख्तियारप्राप्त व्यक्तिहरू प्रतिको अविश्वास, निराशा र घृणा त्यसकै उपज हो । सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्य हीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुने र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आजको राजनीतिक नयाँ परिदृश्य हो । पपुलिष्टहरुवाट समाजको रूपान्तरण र आर्थिक तथा राजनीतिक संकटको समाधान हुन सक्दैन।’

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्