8.1 C
Kathmandu
Flowers in Chania

४ दिनमा २५० जनाले सगरमाथाको सफल आरोहण गर्दा ६ जनाको मृत्यु

- Advertisement -

सोलुखुम्बु, जेठ ४-

सर्वोच्च शिखर सगरमाथा हिजो (बुधबार) एकै दिन १७५ भन्दा बढी आरोहीले चुमेका छन् । एकैदिन सगरमाथामा धेरै जनाले भने सन् २०१९ को मे २३ मा आरोहण गरेका थिए । उक्त दिन ३५४ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । तर, हिजो भने १७५ भन्दा बढीले आरोहण गरेका हुन् ।

विश्व कीर्तिमानी कामीरिता शेर्पाले पनि बुधबारै आफ्नो रेकर्ड तोड्दै २७ औं पटक सगरमाथा आरोहण गरेका हुन् । यो सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका १ हजार १ सय ७६ जनाले अनुमति लिएका छन् ।

जसमा ८ सय ९९ पुरुष र २ सय ७७ महिला छन् । पर्यटन विभागका अनुसार, वैशाख ३१ सम्म सगरमाथा आरोहणका लागि ४ सय ७८ जनाले अनुमति लिएका थिए । विभागले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख सलामी दस्तुरबापत राजस्व संकलन गरिसकेको छ ।

पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार ४ दिनयता सगरमाथा शिखरमा २५० जना पुगेका छन् भने ६ जनाले ज्यान गुमाएका छन् । बुधबार मात्रै आरोहण सकेर फर्कने क्रममा संखुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्