8.1 C
Kathmandu
Flowers in Chania

बानेश्वरमा प्रचण्ड प्रधानमन्त्री र सभामुखबीच छलफल

- Advertisement -

काठमाडौं, जेठ ४-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल जारी छ । प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेसँग संसद भवन नयाँ बानेश्वरमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री र सभामुखको छलफल जारी रहेका कारण बिहान ११ बजे सुरु हुने भनिएको प्रतिनिधिसभाको बैठक साढे ११ बजेसम्म सुरु हुन सकेको छैन ।

आज (शुक्रबार) प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ ।

प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् । प्रधानमन्त्री प्रचण्डलाई सोधिने प्रश्नहरु तयार भइसकेको छ । संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्नेछन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्