8.1 C
Kathmandu
Flowers in Chania

एकदिवसीय वरीयतामा सन्दीप लामिछानेको छलाङ

- Advertisement -

कावासोती । आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेले छलाङ मारेका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार एकदिवसीयको बलिङतर्फ सन्दीप १९ औँ वरीयतामा उक्लिएका छन् । उनी यसअघि २२ औँ स्थानमा थिए । सन्दीपले बंगलादेशका मुस्ताफिजुर रहमान तथा भारतका कुलदिप यादवलाई पछि पारेका छन् ।

बलिङतर्फ दिपेन्द्र सिंह ऐरी ५५ औँ, सोमपाल कामी ६७ औँ स्थान तथा करण केसी ८९ औँ स्थानमा छन् । ब्याटिङतर्फ रोहित पौडेल ६७ औँ तथा आशिफ शेख ७४ औँ स्थानमा छन् ।

एकदिवसीय वरीयतमा भने नेपाल १४ औँ स्थानमा छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्