24.1 C
Kathmandu
Friday, June 14, 2024
Flowers in Chania

गाउँघरबाट हराँउदै ढिकी–जाँतो

- Advertisement -Flowers in Chania

कावासोती ।

 गाउँघरमा आधुनिक प्रविधि भित्रिए पछि कुटानी–पिसानीका परम्परागत साधन ढिकी र जाँतो हराउदै जान लागेका छन । प्रविधिको विकास सँगै विद्युत् बाट चल्ने मिल स्थापना भएपछि गाउँघरमा परम्परागत ढिकी–जाँतोको प्रयोग घटदै जादाँ ढिकी र जाँतो बिस्तारै लोप हुने अवस्थामा पुगेका हुन ।

प्रविधिले परम्परागत साधनलाई विस्थापित गर्दै लगेको पछि परम्परागत साधनका रुपमा रहेका ढिकी र जातोँ हराउदै गएपछि पाका पुस्तालाई भने ढिकी र जातोँमा पिसेको अन्नको स्वाद हराउदै जादाँ नरमाइलो लागेको छ । कावासोती नगरपालिका वडा नं १२ का ७४ वर्षीय डण्डापानी तिवारीले आधुनिक उपकरणले धान कुट्ने, तोरी पेल्ने, गहुँ, मकै पिस्ने परम्परागत मेसिन विस्थापित हुने गरेको बताउनु भयो । “ढिकी, पानी घट्ट र जाँतोमा पिसेको अनाजबाट पकाइएका परिकार निकै स्वादिला हुन्थे,” तिवारीले भन्नु भयो, “विद्युतीय उपकरणले सजिलो त भएको छ , तर स्वाद हरायो ।”

प्रविधिको विकास र मानिसको काम गर्ने बानी हराउँदै जाँदा परम्परागत प्रविधि लोप हुँदै गएको कावासोती १२ बुद्धिराम लम्सालको भनाई छ । । परम्परागत प्रविधि लोप हुँदै गएपछि ढिकी र जाँतोमा कुटेको चामल र पिठो मात्रौ होईन गाउँघरमा ढिकी र जाँतो देखिनैनै छाडेको लम्सालले बताउनु हुन्छ । “अहिलेका अधिकांश युवा वर्गलाई त ‘ढिकीजाँतो भनेको के हो ?’ भन्ने अवस्था आइसक्यो, यसका बारेमा कसैलाई बताउनुपर्यो भने पनि गाउँघरमा नन ढिकी जातोँनै भेटिदैनन,” लम्सालले भन्नु भयो ।

कावासोती १२ कौ ९३ वर्षीय मनरुपा चापागाई सँग ढिकी, जाँतो कुटेर जीविका चलाएको अनुभव छ । ३० वर्षसम्म ढिकीजाँतो कुटी जीविका चलाउँदै आउनु भएकी चापागाईको परिवारका सदस्यले पछिल्लो समयमा १ पाथी पिसाउन परे पनि विद्युतको मेसिनमा लैजाने गरेको देख्दा पुराना दिनमा ढिकी जातोँ गरेको सम्झना आउने बताउनु हुन्छ । “ अहिले त उमेर र शरीरले पनि सक्दैन, पहिले पहिले बिहान ३ बजे उठेर बिहानलाई पकाउन मकै पिसेर आँटो बनाउँथ्यौँ, बिहानै ढिकी–जाँतोमा काम गर्दा आनन्द आउँथ्यो पछिल्लो समयमा १÷२ पाथी भए पनि मेसिनमा लैजान्छन” चापागाईले पुराना दिन सम्झिदै भन्नुभयो ।

आजकल कुनै कुनै गाउँमा मुस्किलले परम्परागत जाँतो सम्म देख्न पाइन्छ । खुट्टाले धान कुट्ने ढिकी त भेटिनै छाडेको छ । नयाँ पुस्ता छिटो, छरितो र सुविधा भोगी भएकाले पनि कुटानी पिसानीका परम्परागत साधनहरु हराउदैै गएका हुन  । “पहिले प्रत्येक घरमा ढिकी र जाँतो हुने गरे पनि हाल भने कतैकतै मात्र प्रयोगमा ल्याएको भेटिन्छ । यस्ता प्रविधिको आधुनिकीकरण गरी अझै कम लागत र सर्वसुलभताका आधारमा विकास गरे परम्परागत प्रविधिको संरक्षण हुन्थ्यो,” कावासोती १३ का डुनराज सिग्देलले बताउनु भयो ।

कावासाती नगरपालिकामा मात्रै होईन पूर्वी नवलपरासीका पहाडी क्षेत्रका केही गाउँ बाहेक अधिकांश गाउँहरुमा ढिकी जातोँ हराउदै गएका हुन । प्रविधिको विकास सँगै विद्युतीय मिलहरुको प्रयोग बढे सँगै नयाँ पुस्ताका लागी भने ढिकी जाँतोलाई बिर्सदै जाने हुनकी भन्नेकुराले पाका पुस्तालाई भने पिरोलेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्