24.1 C
Kathmandu
Monday, December 4, 2023
Flowers in Chania

नक्कली शरणार्थी प्रकरणः गिरोहलाई भेटेको बालकृष्ण खाँणको स्वीकारोक्ति

- Advertisement -Flowers in Chania

काठमाडौं,बैशाख ३१-

मानव बेचबिखन गिरोहसँग पूर्वमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष सम्पर्क रहेको पनि थप तथ्य खुलेका छन् । बयान तथा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणअनुसार गिरोहको योजनाबमोजिम काम गर्ने गरी सचिव टेकनारायण पाण्डेको अग्रसरतामा तत्कालीन गृहमन्त्री खाँण र गिरोहबीच सम्पर्क स्थापित भएको थियो । केशव दुलाललाई मन्त्री खाँणसँग भेटाएपछि सचिव पाण्डेले गिरोहका अर्का सदस्य सानु भण्डारीलाई म्यासेज गरी भनेका थिए, ‘मन्त्रीसँग सबै कुरा भएको छ, काम अघि बढ्ने भयो ।’ यो तथ्य सचिव पाण्डेकै मोबाइलबाट प्रहरीले फेला पारेको छ । गिरोहका नाइकेहरूसँग भेटेको खाँणले प्रहरीसँग स्विकारेका छन् । सरकारी वकिलको रोहबरमा आइतबार बयान लिने प्रहरीको तयारी छ ।

पक्राउ पर्नुअघि पाण्डेले जस्तै खाँणले पनि मोबाइल फर्म्याट (खाली) गराएका थिए । पाण्डेको मोबाइलका ‘डेटा रिकभर’ भइसकेका छन् भने खाँणको मोबाइल प्रयोगशालामा पठाइएको प्रहरी भनाइ छ । ‘अहिलेसम्मको सोधपुछ र प्रारम्भिक बयानमा उहाँ (खाँणंं) ले गिरोहका सदस्यसँग भेटेको स्वीकार गर्नुभएको छ । त्यसलाई पुष्टि गर्ने विवरण सचिव र अरू आरोपित तथा प्राविधिक अनुसन्धानबाट पनि प्राप्त भएका छन्,’ प्रहरी अधिकारीले भने, ‘अब मोबाइलबाट भेटिने प्रमाण अनि बयानबाट के–कस्तो खुल्छ, त्यो बाँकी छ ।’

पाण्डे गृह सचिव भएर आएबाटै बिचौलियासँगको साँठगाँठमा गृहले नक्कली शरणार्थीको फाइल अघि बढाएको थियो । योजनाअनुसार पाण्डेले २०७८ असोज १४ मा झापा प्रशासनलाई शरणार्थीको लगत संकलनसहितको काममा खटाएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्