कावासोती
बिरेन्द्र पराजुली
सामुदायिक बिद्यालयमा अङ्ग्रेजी माध्यामको पुस्तक निःशुल्क हु“दा बिद्यार्थीको संख्या ह्वात्तै बढेको छ ।
केही बर्ष पहिले नवलपुरमा सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या घटेर न्यून थियो । सामुदायिक बिद्यालयमा बच्चा पढाए सानो भैइन्छ भन्ने सोच अधिकांश अभिभावकमा परेको थियो । छिमेकिको छोरा टाईबेल्ट जुता र ड्रेस लगायर नीजि बिद्यालयमा जान थाले पछि त्यही नजिकैको छिमेकिले पनि ऋण खोजेर भएपनि आफ्ना बाबू नानिलाई महङ्गो बिद्यालय र नीजि बिद्यालयमा पढाउन पठाउथे । अहिले पछिल्लो समयमा भने त्यो चलन हराउ“दै बाबू नानिलाई सरकारी र सामुदायी बिद्यालयमा पढाउन थालेका छन्। सरकारी बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारले पुस्तक र ड्रेस समेत निःशुल्क दिन थालेपछि सामुदायिक विद्यालयमा बिद्यार्थीको चाप बढ्न थालेकी कावासोती– २ नबदुर्गा आधरभुत विद्यालयका प्राध्यापक टिकाराम डुम्रेले बताए ।
नवलपुरका कावासोती नगरपालिका र मध्यबिन्दु नगरपालिकामा सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीको लागि अंग्रेजी माध्यमका पुस्तक समेत निः शुल्क वितरण गरेको छ । सरकारले सामुदायिक बिद्यालयका बिद्यार्थीलाई नेपाली माध्यमको पुस्तकको रकम उपलब्ध गराए पनि त्यो रकम प्रयाप्त नहु“दा र सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यम पढाई हुने हु“दा अपुग रकम नगरपालिकाले उपलब्ध गराउने गरेको मध्यबिन्दु– ९ का लोकसेवा मा.बि. का प्रधानाध्यापक राजु भण्डारीले बताए। अंग्रेजी माध्याम पुस्तकको लागि कावासोती नगरपालिकाले १ करोड ४० लाख बजेट बिनियोजन गरेको छ । कक्षा १ देखि १० सम्मका सबै बिद्यार्थीलाई अंग्रेजी माध्यमका पुस्तक निःशुल्क उपलब्ध गराउने गरेको शिक्षा शाखा कावासोतीले जनाएको छ । समयमा अंग्रेजी माध्यमका पुस्तक निःशुल्क उपलब्ध भएपछि सामुदायिक बिधालयमा बिद्यार्थी संख्या ह्वात्तै बढेको कावासोती १५ त्रिभुवन मा.बि. ढोकीका प्र.अ. दिपक घिमिरेले बताए । नवलपुर जिल्लामा ईसिडीदेखि १२ सम्म्मा ३०८ सामुदायिक विद्यालय छन् । २०७९ मा सामुदायिक विद्यालयमा करिब ६५ हजार विद्यार्थीहरु अध्ययन गर्छन् ।
यो बर्ष निःशुल्क पुस्तक र निःशुल्क पोसाकका कारण करिब २५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा बढेको देखिन्छ । जिल्लाको पहाडी भेगमा सामुदायिक विद्यालयमा बिद्यार्थी संख्या भने खासै नबढे पनि तराई सुगम भेगमा भने बिद्यार्थी संख्या बढेको जिल्ला शिक्षा समन्वय ईकाई नवलपुरले निकालेको बुलेटिनको तथ्यांकमा देखिन्छ । नवलपुर जिल्लामा ८५ वटा स“स्थागत र नीजि विद्यालय सञ्चालनमा छन्। जिल्लामा सञ्चालनमा आएका ठुला नाम चलेका विद्यालयमा भने विद्यार्थीको संख्या नघटे पनि साना विद्यालय भने न्यून विद्यार्थी लिएर स“ञ्चालनमा आएका छन् । नवलपुरमा स“स्थागत विद्यालयमा करिब ३५ हजार विद्यार्थी अध्यारत रहेका छन । यो सन्ख्या सामुदायिक विद्यालयको अनुपातमा न्यून देखिन्छ। जिल्लाका सामुदायिक बिद्यालयले बिद्यार्थी संख्याको चाप बढे पछी भर्ना नै बन्द गरिएको छ, भने स“स्थागत विद्यालयले भने भर्ना अभियान चलाईरहेको छन् ।