25.1 C
Kathmandu
Flowers in Chania

कानुन मन्त्री धनराज गुरुङले भने: गगन थापाले पार्टीलाई अनिष्ट गर्नुहुने छैन

- Advertisement -Flowers in Chania

काठमाडौं, वैशाख २५-

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नागरिकता विधेयकको विषयमा आफूहरुले छलफल गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा उनले नागरिकता विधेयकमा कसरी अघि बढ्नेबारे गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।

उनले भने, ‘संविधानले संसदबाट अनुमोदन गरेर पठाउने र राष्ट्रपतिले प्रमाणिकरण गर्ने व्यवस्था छ । राष्ट्रपतिबाट एकपटक फर्केर आइसकेपछि फेरि संसदबाटै अनुमोदन भएर राष्ट्रपतिकहाँ पुग्यो । त्यसपछि १५ दिनभित्र प्रमाणिकरण गर्नुपर्ने हो, भएन । अब त्यसबारेमा संविधानले पनि बोलेको छैन । त्यसो भएर अहिले छलफलमा छौं ।’

यस्तै, उनले सबै उच्च तहका मन्त्रीदेखि कर्मचारीको सम्पत्ति सार्वजनिक मात्रै नभएर आवश्यकता अनुसार छानविन नै गर्नुपर्ने बताए । उनले भने, ‘सबैको सम्पत्ति राज्यको हो । त्यसैले राज्यले चाहेको बेलामा सबै नेता, कर्मचारी सबैको छानबिन गर्नुपर्छ ।’ महामन्त्रीले हिजो अब चुप लगाएर बस्दिनँ भन्नुभएको छ । त्यसले पार्टीमा समानान्तर गतिविधि हुने वा पार्टी विभाजनतिर जाने संकेत त होइन ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘यो प्रश्न महामन्त्रीज्यूलाई नै सोध्नुहोला । उहाँ पार्टीमा टप फाइभभित्रै हुनुहुन्छ । त्यसो भएकाले उहाँले बोलेको विषयमा मैले टिप्पणी गर्नु उचित हुँदैन ।’ उनले पार्टीमा समानान्तर कमिटी र विभाजन हुन्छजस्तो नलागेको प्रष्ट्याए ।

उनले भने, ‘गगन थापाजी शालिन व्यक्तित्वको रुपमा देख्छु । शालिन व्यक्तिबाट अनिष्ट हुने गरेर उहाँले पाइला चाल्नुहुन्छ भन्ने मलाई विश्वास नै छैन । त्यसकारणले उहाँ जिम्मेवार हुनुहुन्छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्