25.1 C
Kathmandu
Flowers in Chania

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्दै

- Advertisement -Flowers in Chania

काठमाडौं, वैशाख २५–

संवैधानिक परिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साँझ ६ बजेका लागि बैठक बोलाएका हुन्। परिषद्को बैठक बोलाउने विषयमा शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र विपक्षी दलका नेता केपी ओलीबीच सहमति भएको थियो ।

सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल गर्ने बताइएको छ। यसअघि वैशाख ६ गते बसेको परिषद्‍को बैठकमा छलफल भए पनि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सकेको थिएन।

उपसभामुख इन्दिरा राना मगरले सोमबारको बैठक अघिल्लो बैठकको निरन्तरता भएको बताएकी छिन्। बैठकका अन्य कार्यसूचीबारे केही नभनिएको उनले बताइन्। सर्वोच्च अदालत लामो समयदेखि कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहेको छ। यसका कारण संवैधानिक परिषद्‍लाई प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने दबाब छ।

परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्