24.1 C
Kathmandu
Thursday, June 20, 2024
Flowers in Chania

सार्वजनिक विदाको दिनसमेत प्रशासन कार्यालय नवलपुरले दिनेछ सेवा

- Advertisement -Flowers in Chania

नवलपुर ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरबाट सार्वजनिक विदाको दिनमा समेत सेवा दिइने भएको छ । नेपाल सरकार गृह मन्त्रालयको निर्णय अनुसार विभिन्न सार्वजनिक विदामा समेत सेवा प्रदान गरिन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो ।

आज बुद्ध जयन्तीका दिनसमेत जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लगायतका फाँटको सेवा नियमित रहने जिल्ला प्रशासन कार्यालयले वैशाख १९ गतेको सूचना मार्फत समेत जानकारी गराएको छ ।
प्रशासन कार्यालयले वार्षिक रुपमा रहेका विभिन्न सार्वजनिक विदाका दिन सेवा प्रवाहा हुने भनि सूचि समेत यसअघिनै सार्वजनिक गरेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्