कावासाेती वैशाख १९
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन भएको छ ।
वैशाख ४ गते भरतपुर–११ मा घरको छतबाट खसेर घाइते भएका चालक शम्भु थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
भरतपुरको पुरानो मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि थापालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं लगिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गराइएकोमा उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।