24.1 C
Kathmandu
Monday, December 4, 2023
Flowers in Chania

मौलाकालिका केबलकार औपचारिक रुपमा सन्चालनमा, प्रधानमन्त्रीद्वारा उदघाटन

- Advertisement -Flowers in Chania

कावासोती ।

पूर्वी नवलपरासीको गैंडाकोटमा मौलाकालिका केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । सो केबलकारको प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार उद्घाटन गरे । प्रधानमन्त्री दाहाल दुई छोरीसहित केबलकार चढेर मौलाकाली मन्दिर पुगेका थिए ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले उत्पादन र रोजगारी वृद्धि गर्ने काममा निजी क्षेत्रसँग सरकारले हातेमालो गर्ने बताए । उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेकाले सहज वातावरण बनाउने प्रतिबद्धता जनाए । प्रधानमन्त्रीले चितवन र नवलपरासीलाई एउटै मोडलबाट विकास निर्माणको काम अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए । चन्द्रप्रसाद ढकालको आईएमई ग्रुपले केबलकार संचालनमा ल्याएको हो । केबलकारमा डेढ अर्ब लगानी रहेको ग्रुपले जनाएको छ । यो समूहले नै बुटवलमा पनि केबलकार संचालनमा ल्याउँदैछ ।

केबलकार १२ सय मिटर लामो छ । ६ वटा टावर रहेका छन् । ती टावरमा यात्रु चढ्ने १४ वटा गोण्डोला (डब्बा) रहने छन् । त्यसमा १२ वटा डब्बामा यात्रु ओसार्ने, एउटामा सामान ओसार्ने र अर्को एउटा डब्बा सर्भिसिङका लागि प्रयोग हुनेछ । पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक ६ हजार यात्रु ओहोरदोहोर गर्न सक्ने मौलाकालिका केबलकार कम्पनीले जनाएको छ । कम्पनीले डाँडामा सुविधा सम्पन्न ६० कोठाको होटल पनि निर्माण गरेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्