24.1 C
Kathmandu
Friday, December 8, 2023
Flowers in Chania

शपथ लिएपछि रविले भने: अब सरकारमा जाने होइन, समर्थन फिर्ता लिन्छौँ

- Advertisement -Flowers in Chania

काठमाडौँ, बैशाख १५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद सचिवालयका सांसद पदको शपथ लिएपछि सभापति लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने सम्भावना नरहेको बताएका छन्।

अहिले सरकारमा जाने वातावरण छैन। समर्थनबारेमा हामी तत्कालै केन्द्रीय समिति र संसदीय दलको बैठकबाट निर्णय लिन्छौँ, उनले भने, ‘सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना धेरै देखिन्छ।’

उनले आमनागरिकसँग भोट मागिरहँदा महत्वपूर्ण विषयका रुपमा भ्रष्टाचार नियन्त्रणको मुद्दा उठाएको बताए।

‘हामीले भ्रष्टाचार नियन्त्रणलाई जोडदार रुपमा उठायौँ। तर हामी सरकारबाट हटेपछि सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण एजेन्डा नै हटाएर गम्भीर गल्ती गर्योु, उनले भने, ुसरकारले हाम्रो मुख्य एजेन्डा नै हटायो। त्यसमा हाम्रो गम्भीरभन्दा गम्भीर आपत्ति छ। हामीलाई जनताले एजेन्डासहित पठाएका हुन्। हाम्रो एजेन्डा हटाइएको कुरामा गम्भीर आपत्ति छ।’

उनले सरकारलाई समर्थनबारे गम्भीर समीक्षा गरेर निर्णय लिने बताए। ‘सरकारमा रहने त अहिले सोच्नै सकिँदैन। समर्थनबारे पनि हामी गम्भीर समीक्षा गरेर निर्णय लिन्छौँ, उनले भने, ‘धेरैले यसबारेमा केहो भनेर चासो राख्नु भएको थियो। चुनावमा जे जस्ता कृयाकलाप भए, तिनका कारण पनि सरकारको समर्थन पनि पुनर्विचार गर्छौँ।’

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्