24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

अयोग्य लडाकुलाई पैसा बाँड्ने काम स्वीकार्य हुँदैन,मा‌ओवादी सरकारको विरोध गरौँःशेखर कोइराला

- Advertisement -Flowers in Chania

काठमाडौं,बैशाख १४-

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पूर्व लडाकुलाई पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन्। बिहीबार फेसबुकमा लेख्दै उनले अयोग्य पूर्वलडाकुलाई पैसा होइन, रोजगारी दिनुपर्ने बताए। विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन, उनले लेखेका छन्।

उनले माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गर्नुपर्ने पनि बताएका छन्। सरकारको यस्तो कार्य रोकेर भविष्यका लागि सचेत बन्नुपर्ने उनले लेखेका छन्।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्