8.1 C
Kathmandu
Flowers in Chania

चितवन र भरतपुरको विकासमा मैले असाधारण योगदान गरे पनि जनता सन्तुष्ट भएनन्ः प्रचण्ड

- Advertisement -

चितवन,बैशाख १३-

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय विकासले मात्र पनि नागरिक सन्तुष्ट नभएको स्थिति महसुस भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको तेस्रो संस्करणको कान्तिपुर इकोनमिक समिट २०२३ मा बोल्दै प्रधानमन्त्री दाहालले चितवन र भरतपुर महानगरपालिकाको विकासका लागि आफूले असाधारण योगदान गरे पनि जनता सन्तुष्ट नभएको बताएका हुन् ।

उपचुनावको परिणामलाई संकेत गर्दै दाहालले भने, कहिलेकाहीँ मलाई के महसुस हुन्छ भने विकास गरेपछि जनता सन्तुष्ट हुन्छन् भन्ने मात्र पनि रैनछ । गएको ५ वर्षमा चितवनको जनप्रतिनिधिका रूपमा मैले चितवनमा सिंगै र भरतपुर महानगरपालिकामा विकासको जुन स्तर भएको छ जुन अभूतपूर्व र असाधारण छ । तर विकासले मात्र जनतालाई सन्तुष्ट गर्न सक्दो रहेनछ । कहाँनेर के मिसिङ छ हामी सबैले आत्मसमीक्षा गर्नु जरुरी छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्