24.1 C
Kathmandu
Friday, December 8, 2023
Flowers in Chania

चितवन-२ मा रविको जित निश्चित,गन्न बाँकी मतभन्दा लामिछानेको मतान्तर बढी

- Advertisement -Flowers in Chania

चितवन,बैशाख १२-

चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५६ हजार ५ सय ७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७४५७ छ। उनीहरूबीचको मतान्तर ३२६१२ छ।

चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत झण्डै २२ हजार मात्र छ। अहिलेलै लामिछानेले प्रतिस्पर्धीसँग ३२ हजारको मतान्तर कायम गरेकाले उनको जित सुनिश्चित भएको हो।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्