24.1 C
Kathmandu
Thursday, June 20, 2024
Flowers in Chania

सन्दीप बने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी

- Advertisement -Flowers in Chania

काठमाडौं,बैशाख ८-

नेपालका स्पिनर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी बनेका छन् ।

सन्दीपले ४२ खेलमा यो कीर्तिमान बनाएका हुन् । एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगको खेलमा एक विकेट लिँदै सन्दीपले यो कीर्तिमान बनाए । उनले खेलको १२ ओभर ३ बलमा अदिल सफिकलाई एलबीडब्ल्यू आउट गरे । सन्दीपले अफगानिस्तानका स्पिनर राशिद खानलाई पछि पार्दै दुर्लभ कीर्तिमान बनाएका हुन् ।

यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानको नाममा थियो । उनले ४४ खेलमा सय विकेट लिएका थिए । यस्तै अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क तेस्रो स्थानमा छन् । उनले ५२ खेलमा यो कीर्तिमान बनाएका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्