24.1 C
Kathmandu
Thursday, December 7, 2023
Flowers in Chania

अझै होसमा आएनन् रविका गाडी चालक,अनुसन्धान जारी, अवस्था स्थिर

- Advertisement -Flowers in Chania

चितवन,बैशाख ५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारीचालक दिलबहादुर थापा घाइते भएको घटनाको प्रहरी अनुसन्धान जारी छ । प्रहरीले सीसीटीभी, स्थलगत अध्ययन र सम्बन्धित व्यक्तिहरूसित सोधपुछ गरिरहेको छ । आफूहरू कुनै निष्कर्षमा नपुगेको र कसैलाई पनि पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं एसपी रामेश्वर कार्कीले बताए । “अनुसन्धान जारी छ । सोधपुछ गर्ने काम भइरहेको छ,” उनले भने, “अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।”

उनका अनुसार घाइते थापाको स्वास्थ्य अवस्था स्थिर छ । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । घटना अनुसन्धानका क्रममा प्रहरीले सोमबार (हिजो) रास्वपाकै महामन्त्री एवं प्रवक्ता मुकुल ढकालका सवारीचालक कालुराम राजवंशीसित सोधपुछ गरेको थियो । प्रहरीका अनुसार आइतबार राति ३९ वर्षीय शम्भु भनिने थापा र राजवंशी एउटै कोठामा सुतेका थिए ।

लामिछानेका चालक थापा सोमबार भरतपुरस्थित एउटा घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका थिए । उनी बिहान ३ बजेर ५४ मिनेटमा खसेको अवस्थामा फेला परेको एसपी कार्कीले बताए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्