24.1 C
Kathmandu
Wednesday, May 29, 2024
Flowers in Chania

मेयर बालेनविरुद्धको रिटको पेसी हरिकृष्ण कार्कीको इजलासमा

- Advertisement -Flowers in Chania

काठमाडौं, वैशाख ५-

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार,बालुवाटार र  राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन) विरूद्ध परेको रिटको सुनुवाइ आज हुने भएको छ। रिटको पेशी न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलाशमा तोकिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमबार रिट दायर गरेका थिए ।

आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानूनविपरीत फोहोर नउठाएकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन
र विसर्जन गर्न रिटमा आदेश माग गरिएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्