24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउँदा लागेको १२ करोड ऋण सरकारले तिरिदिने

- Advertisement -Flowers in Chania

चितवन,बैशाख ४-

चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको १२ करोड ऋण सरकारले तिरिदिने भएको छ। धुर्मुस–सुन्तली फाउन्डेशनले दाबी गरेको १८ करोडमध्ये १२ करोड ऋण सरकारले तिर्ने भएको हो। सरकारले सो ऋण रकमबारे छानविन गर्नका लागि समिति बनाएको थियो। उक्त छानविन समितिले साढे १२ करोडमात्रै ऋण मुल्याकंन निकाल्दै प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदन अनुसार सरकारले १२ करोड ऋण तिर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

ती मन्त्रीका अनुसार उक्त रकम राष्ट्रिय खेलकुद परिषद् मार्फत धुर्मुस सुन्तली फाउन्डेशनलाई उपलब्ध गराइनेछ। साढे १२ करोड ऋण तिरेपछि सम्पूर्ण स्वामित्व लिँदै सरकारले बाँकी निर्माणको काम अघि बढाउनेछ। जसका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पससँग आवश्यक प्राविधिक सहयोग लिने तयारी पनि भएको ती मन्त्रीले जानकारी दिए।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्